We Star Nepal
News From Nepal

इराकमा अामचिहान फेला

0 352

इराक – इराकको हविजा शहर नजिकै ४०० वटा शव भएको आमचिहान फेला परेको छ । गत महिनासम्म इस्लामिक स्टेटको नियन्त्रणमा रहेको हविजा शहरमा ४०० शव रहेको आमचिहान फेला परेको किर्कुक प्रान्तका गभर्नर राकन सईदले जानकारी दिएका हुन्। उनका अनुसार केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिँदा लगाईदिने पोशाक लगाएको अवस्थामा थिए ।

गर्भनर सइदले भने, “उक्त हवाई आधार क्षेत्र मानिस मार्ने ठाउँ बनेको रहेछ।“ जर्नेल मोर्तदा अल लुवाइबीले स्थानीयवासीले त्यसबारे जानकारी दिएपछि इराकी सेनाले उक्त चिहान फेला पारेको बताए। इराकी सेनाले आइएस नियन्त्रणमा रहेका कैयौँ क्षेत्रमा दर्जनौं आमचिहानहरु फेला पारिसकेको छ । गत वर्ष समाचार एजेन्सी असोसियटेड प्रेसले आमचिहानको सर्वे गरेर ७२ वटा ठाउँ पहिचान गरेको थियो । जहाँ ५,२०० देखि १५,००० सम्म शव हुनसक्ने उक्त समाचार एजेन्सीले जनाएको थियो।

Leave A Reply

Your email address will not be published.