We Star Nepal
News From Nepal

राजधानीका ट्राफिक आइल्यान्ड सजीदइ

0 403

काठमाडौं : फोहोर फालिएका र बेवास्ताको सिकार भइरहेका काठमाडौं महानगरभित्रका ट्राफिक आइल्यान्डहरूलाई महानगरपालिकाले रंगीचंगी फूल रोपेर चिटिक्क बनाउन सुरु गरेको छ ।महानगरपालिकाले निजी क्षेत्रसमेतलाई परिचालन गरी २५ स्थानका आइल्यान्डमा दुबो र फूल रोपेको छ भने अन्य ठाउँमा चाँडै हरियाली र सुन्दर बनाउने भएको छ । यी निर्माणाधीन अवस्थामा रहेका आइल्यान्डको अवलोकन गरी आइतबार मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मालगायतको टोलीले आवश्यक निर्देशनसमेत दिएको थियो।

महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार २५ मध्ये सातवटा आइल्यान्डको जिम्मा महानगर आफैंले लिएको छ । कालिमाटी चोक, चित्तधर सालिक, टंकेश्वर, तीनकुने, न्युरोड गेटअगाडि, जमल आकाशेपुल मुनि, त्रिचन्द्र कलेजअगाडि, रत्नपार्क र बानेश्वर चोकमा महानगरले आइल्यान्ड बनाइरहेको छ ।महांकाल मन्दिरअगाडि सालिमार सिमेन्टले, वीर अस्पतालअगाडि वीर अस्पताल आफैंले, भद्रकाली मन्दिरबाट सिंहदरबारतर्फको आइल्यान्ड एनएमबी बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि गोर्खा ब्रुअरीले र थापाथली चोकमा कान्तिपुर पब्लिकेसनले निर्माण, सम्भार तथा व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

उनका अनुसार सुन्धारा, भोटाहिटी चोक, रणदीप चोक, भृकुटीमण्डप चोक र कमलादी चोकका आइल्यान्ड विगतदेखि नै क्यास्ट्रोल कम्पनीले निर्माण र व्यवस्थापन गर्दै आएको छ भने माइतीघर मण्डला कृषि विकास बैंकले तीनकुनेको पेट्रोल पम्प नजिक वाइवाइले र त्रिपुरेश्वर चोकमा सेन्चुरी बैंकले विगतदेखि नै व्यवस्थापन गरिरहेका छन् ।उनले भने, ‘तीनकुनेबाट कोटेश्वरतर्फ जाने सडकको मुख, पुतलीसडक—अनामनगर चोक, कोटेश्वर, कृष्ण पाउरोटी चोक र ज्ञानेश्वर चोकमा आइल्यान्ड बनाउने कोही इच्छुक भए दिनेछौं । कोही नआए महानगरले नै बनाउनेछ ।’

Leave A Reply

Your email address will not be published.