We Star Nepal
News From Nepal

इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प:१२९ भन्दा बढीको मृत्यु

0 328

इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । आइतबार साझँ ७.१ म्याग्निच्यूडको भूकम्प जाँदा इरानमा १२९ भन्दा बढीको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएको इरानका स्थानीय सञ्चार माध्यामलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार इराकमा पनि चार जनाको मृत्यु भएको छ।

अमेरिकी भूकम्प मापन संस्था यूएसजीएसका अनुसार इराकको हलब्जाह शहरभन्दा करीब ३० किलोमिटर दक्षिणपश्चिममा, इरानको सीमाना नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको बीबीसीले बजनएको छ ।चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चाइना अर्थक्वेक नेटवर्क सेन्टर(सीईएनसी)ले भने भूकम्प ७.८ म्याग्निच्यूड रहेको जानकारी दिएको छ । साथै भूकम्पको इपीसेन्टर २० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ ।उद्धार कार्य जारी रहेकले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.