We Star Nepal
News From Nepal

प्रचन्डले श्रीमतिलाई कुट्ने गर्थे

0 91

प्रचन्ड देशको प्रधानमन्त्री समेत भएर पनि श्रीमति कुट्ने गर्दछन भन्दा अचम्म लाग्न सक्छ

५२ साल जनयुद्ध थाल्नु पुर्बको समय हो , एक दिन प्रचण्ड पत्नी सिता दाहाल रुदै कराउँदै असारे काका लगायतका नेताहरु भएको ठाउमा आइन् ।

के भो भनेर सोधे पछि उनलेे रुदै प्रचण्डले छाताले बेस्सरी कुटपिट गरेको बताइन् । यो सुने पछि आफुहरु अचम्मित भएको असारे काकाले आफ्नो आत्मजीबनीमा लेखेका छन् । जनयुद्धको तयारीका लागि सबै केन्द्रीय सदस्य ले पैसा बुझाउने निर्णय भएको थियो । जस अनुसार प्रचण्डको भागमा ८००० रुपैयाँ परेको थियो ।
यो पैसाको स्रोत अन्त नभए पछि सीता लाई चितवन भिमसेन नगरको एक कट्ठा जग्गा बेच्न प्रस्ताव राखे । तर जग्गा बेच्न सिताले नमाने पछि प्रचण्डले छाताले हानेका थिए ।
यो कुरा पार्टीमा पुगे पछि प्रचण्डले मैले पार्टी छोडने कि उनलाई छोडने भन्ने प्रश्नमा म पार्टी छोडन सक्दिन भनेर प्रचण्डले भनेको असारे काकाले लेखेका छन् । खम्बा सिङ कुवर काजिसाब , दिपेन्द्र शर्मा , ईन्द्र बिलास कार्की लगायत बसेर प्रचण्ड र सीता दाहालको विवाद समाधान गरि दुबै जनालाई आत्मालोचना गराएको काका बताउछन् ।
प्रचण्ड पार्टी र क्रान्तिका लागि जुनसुकै ब्यबधान आए पनि समाधान गर्थे, तर आजको प्रचण्ड पुरानो प्रचण्ड रहेनन् । संसद बादमा चुर्लुम्म डुबेका छन् । आखिरी अवस्थामा आउँदा प्रचण्ड जनयुद्धको नायक , पछि खलनायकमा परिणत भएको कुरा नाङ्गो आखाले देख्नु परेको छ । काकाले लेखेका छन् । मिर्मिरे अनलाईन बाट !!

Leave A Reply

Your email address will not be published.