We Star Nepal
News From Nepal

डाबर नेपालप्रा. लि.को ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सुरू

0 81

काठमाडौ कार्तिक ३० ।डाबर नेपालप्रा. लि.को ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ सुरू भएको छ । जाडोको मौसमलाई लक्षित गरी सुरू गरिएको यो कार्यक्रममा डाबरले देशभरिका ८० भन्दा बढी विद्यालयहरूमागएर आन्तरिक शक्ति, यसको आवश्यकता र विशेषता, आदिकाबारेमाजानकारी दिँदै कार्यक्रम आयोजना गर्नेछ । काठमाडौँको पूर्वीय र भक्तपुर क्षेत्र, काठमाडौँको पश्चिमी क्षेत्र, र ललितपुरका साथै उपत्यकाबाहिर चितवन र पोखराका विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिनेछ ।

यो कार्यक्रमबाट डाबर च्यवनप्राशले जाडो महिनामा आन्तरिक शक्ति वा इम्युनिटिको आवश्यकताको सन्देश प्रवाह गर्दै छ ।

यो कार्यक्रम करिब २ महिनाका लागि सञ्चालन हुँदै छ । यो कार्यक्रमको स्वास्थ्य संस्था पार्टनर वयोधा अस्पतालसँगको सहकार्यमा डाबर नेपालले प्रत्येक विद्यालयमा कक्षा ३ देखि कक्षा ८सम्मका विद्यार्थीहरूको उचाइ तथा वजन मापन गरी बडी मास इन्डेक्स (बि.एम.आइ.) नापिनेछ । त्यसै गरी शौचालय, खाजा र खानेपानीको व्यवस्थाका बारेमा पनि जानकारी लिइनेछ । यसैबाट नै प्रत्येक क्षेत्रबाट २ विद्यालयलाई विजेता घोषणा गरी समग्रमा १० विद्यालय विजयी हुनेछन् ।

त्यसै गरी यहीकार्यक्रमबाट प्रयोग गर्ने सकिने न्यानालुगाहरू पनि सङ्कलन गरिनेछ । सङ्कलन गरिएको सङ्ख्या थप नयाँलुगाहरू थप गरी डाबर नेपालले सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलार्ई हस्तान्तरण गर्नेछ ।

डाबर नेपालमा माकेर्टिङ प्रमुख अभयप्रसाद गोरखालीले भन्नुभयो, ‘गतवर्ष हामीले काठमाडौँ उपत्यकाका ३१ विद्यालयहरूमा १३ हजारभन्दा बढी विद्यार्थीहरूमाझ यो कार्यक्रम लगेकाथियौँ । विगतको अत्यन्तै राम्रो माग र प्रतिक्रियाले यो वर्ष हामीलाई झन् धेरै विद्यार्थीहरूसँग अन्तरक्रियागर्ने हौसलादिएको हो । मलाई आशा छ – यो वर्ष पनि हामीले आन्तरिक शक्तिको महत्वका बारेमा विद्यालय र विद्यार्थीहरूलाई राम्रो ज्ञान दिन सक्छौँ ।’

Leave A Reply

Your email address will not be published.