We Star Nepal
News From Nepal

सुरक्षा सँग गर्ने भए दयाले रोमान्स- भैरेले जुरायो यो मौका

0 112

 

दयाहाङ राई र सुरक्षा पन्त स्टारर चलचित्र ‘भैरे’को औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

एभरेस्ट सुर्य बोहराको निर्देशनमा बन्ने चलचित्रको छायांकन मंसिर ४ गतेदेखी सुरु हुने बताईएको छ । माथिल्लो मुस्ताङ, पोखरा र राजधानी काठामाण्डौँमा छायांकन हुने चलचित्रलाई राम प्रसाद पौडेलले निर्माण गर्दैछन् । नेपाय सिनेमा इंटरनेशनलको प्रस्तुतीमा नेपसिने फिल्म्सको संलग्नतामा बन्न लागेको चलचित्रलाई ४० लगाएर खिचिने कार्यतालिका रहेको छ । देवि माया अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा गायक तथा संगीतकार यम बराल, लेख बहादुर पुन(डेनिम) र रघु पुरी सह निर्मातामा रहेका छन् । चलचित्रमा पुररुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटा, यम बराल र अर्जुन पोखरेलको संगीत, कबिराज गहतराजको नृत्य निर्देशन, सुर्य थोकर र चन्द्र पन्तको द्धन्द निर्देशन रहेको छ ।

Leave A Reply

Your email address will not be published.