We Star Nepal
News From Nepal

निर्वाचन लगतै संविधान संशोधनःपोखरेल

0 336

विना विभागीय मन्त्री गिरिराजमणी पोखरेलले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि संविधान संशोधन हुने दावी गरेका छन्। महोत्तरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उमेदवार रहेका मन्त्री पोखरेलले मतदाताहरुलाई दुई तिहाई मत दिएर बामगठबन्धनलाई जिताउन अपिल गरे।

‘चुनावपछि संविधान सशोधन हुन्छ। संविधान संशोधन गर्न एमालेलाई माओवादीले सहमत गराएर बामगठबन्ध बनाएको हो,’नेता पोखरेलले गौशालाको रामनगरस्थित कुश्मारीमा चुनावीसभालाई सम्वोधन गर्दै भने, ‘एमालेको समथर्नन बिना संविधान संशोधन हुदैंन भन्ने कुरा प्रष्ट्र भइसकेको छ।’

Leave A Reply

Your email address will not be published.