We Star Nepal
News From Nepal

प्रकाश दाहाल हिजो के गर्दै थिए ?

0 376

काठमाडौं, मंसिर ३ – प्रचण्ड पुत्र प्रकाश दाहालको निधन के कारणले भयो भन्ने अझै सार्वजनिक भएको छैन । केही दिन यता उहाँ बिरामी परेको भनिए पनि आधिकारिक जानकारी आइसकेको छैन । केही माओवादी नेताले दाहाल बिरामी परेको भने पनि प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले बिरामी नभएको बताउनुभयो ।

उहाँका अनुसार प्रकाश चुनावी कामका कारण पिता प्रचण्डसँग झापा नगई काठमाडौंमा नै बस्नु भएको थियो । ‘त्यस्तो केही होइन उहाँ चुनावको आन्तरिक कामका कारण काठमाडौं बस्नु भएको हो, झापाको कार्यक्रम सकेपछि सँगै चितवन जाने कार्यक्रम थियो’ तिमल्सिनाले भन्नुभयो ।

तर एकजना माओवादी नेताले भने प्रकाशले आमा सीतासँग आफूलाई ज्वरो आएको भनेका बताएका छन् । प्रकाशको हृदयघातका कारण निधन भएको भनिएको छ । आइतबार बिहानै निधन भएका प्रकाशको हिजो मोबाइल स्विच अफ थियो । तर बिहानको समयमा भने उहाँले झापामा भइरहेको चुनावीसभाको बारेमा मोबाइलबाटै जानकारी लिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डका स्वकिय सचिवसमेत रहेका प्रकाश अरु बेला सधैँ पितासँग हिँड्ने गरे पनि शनिबार भने एक्लै बस्नु भएको थियो । प्राय सामाजिक सञ्जालमा सक्रिय प्रकाशले पछिल्लो दुई दिन कुनै अपडेट गर्नु भएको छैन ।

गएको बिहीबार प्रकाशले छोराको फोटो फेसबुकमा अपलोड गर्नु भएको थियो । यस्तै फेसबुककै अर्को अकाउन्टमा प्रकाशले गएको बुधबार श्रीमती बिना मगरको पत्रिकामा छापिएको खबर पोष्ट गर्नु भएको थियो । तर यसअघि फोटो र स्टोरी वा खबर पोष्ट गर्दा क्याप्सन लेख्ने प्रकाशले पछिल्ला पोष्टमा क्याप्सन राख्नु भएको छैन ।

Leave A Reply

Your email address will not be published.