प्रचण्ड पुत्र प्रकाशको निधनबारे नर्भिक अस्पतालले औपचारिक जानकारी सार्वजनिक
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको निधन भएको छ । निजी विनास लाजिम्पाटमा सुतिरहेकै अवस्थामा उहाँको निधन भएको खुल्न आएको छ ।
लाजिम्पाटस्थित निवासमा सुतेकै ठाँउमा अचेत अवस्थामा भेटिएपछि प्रकाशलाई आइतबार बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा पु¥याइएको थियो । उहाँलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । तीन दिनदेखि अस्वस्थ रहदै आउनु भएका प्रकाश दाहाल बुबा पुष्पकमल झापा जानु भएपनि उहाँ भने चितवनबाट काठमाडौं फर्किनुभएको थियो ।
पत्नी विना निर्वाचनाको व्यस्तताका कारण कञ्चनपुर तिर नै रहेको अवस्थामा लाजिम्पाट निवासमा उहाँ आमा र भाञ्जीहरुसंग रहदै आउनु भएको थियो । तर, आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल कोठामा गएर उठाउन खोज्दा अचेत अवस्थामा देखेपछि तत्काल नर्भिक अस्पताल पठाइएको थियो । सुतेकै ठाउँमा प्रकाशको मृत्यु भएको जानकारी प्राप्त भए पनि अस्पतालले उनको मृत्युको कारणबारे औपचारिक जानकारी दिन बाँकी छ । नर्भिक अस्पतालले प्रकाशको निधनबारे औपचारिक जानकारी केही समयमा सार्वजनिक गर्ने तयारी गरेको छ ।