We Star Nepal
News From Nepal

दाहाल को निधन पछी चितवनमा चुनाबी कार्यक्रम स्थगित

0 185

चितवन— चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।बाम गठबन्धनका साथै चितवन क्षेत्र नं. ३ मा अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरुले पनि अजलाई चुनाबी कार्यक्रम गर्ने जनाएका छन्।

बाम गठबन्धनबाट गठित चुनाबी परिचालन समितिका उपसंयोजक सूर्य सुवेदी पथिकले क्षेत्र नं. ३ का सवै चुनाबी कार्यक्रमहरु स्थागित भएको जानकारी दिए । चितवन क्षेत्र नं. २ का बाम गठबन्धन प्रचार प्रसार समितिका संयोजक घनश्याम भट्टराईले पनि दुई नम्बर क्षेत्रका सवै औपचारिक कार्यक्रमका साथै मंसिर ५ मा भरतपुरमा शीर्ष नेताहरुले सम्बोधन गर्ने गरेर आयोजना भएको आमसभा पनि स्थगित भएको बताए।

बाम गठबन्धनबाट मात्रै नभएर दाहालका प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले पनि आज चितवन क्षेत्र नं. ३ मा हुने आफ्ना कार्यक्रमहरु स्थगित भएको बताएका छन्।सो क्षेत्रका विवेकशिल साझाका उम्मेदवार शरदराज पाठकले पनि आफ्ना चुनाबी कार्यक्रमहरु स्थगित भएको जानकारी सामाजिक सञ्जाल ट्विटर मार्फत गराएका छन्।

Leave A Reply

Your email address will not be published.