We Star Nepal
News From Nepal

चेतन सापकोटाले ल्याए एक हप्तामा २ गीति संग्रह

0 286

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको केही समय अघि मात्रै एक एल्बम रिलिज भयो ‘जय मायाप्रेम’ । चेतन सापकोटाको एकल संगीत, अर्जुन रत्न भिखारीको एकल शब्द अनि नारायण धितालको एकल आवाजमा रहेको ‘जय मायाप्रेम’को ‘दाउरा उपहार’ यतिबेला चर्चामा छ । ‘दाउरा उपहार’ चर्चामा आएसंगैं यतिबेला चेतन उक्त एल्बम प्रचार प्रसार तथा बिभिन्न कार्यक्रमहरुमा ब्यस्त हुन थालेका छन् ।

‘जय मायाप्रेम’ रिलिजको केही दिन नबित्दै संगीतकार चेतन सापकोटाले फेरी अर्को एल्बम रिलिज गरेका छन् । ‘खाली खुट्टे’ नाम दिईएको अर्को एल्बममा बालकृष्ण ढुंगेलको शब्द, चेतन सापकोटाको संगीत रहेको छ भने एल्बमका बिभिन्न गीतहरुमा फरक फरक गायक गायिकाको आवाज सुन्न सकिन्छ । एल्बममा ७ वटा गीत समावेश गरिएको चेतनले जानकारी दिएका छन् । जसमध्ये चेतन सापकोटाको आवाजमा ‘खालिखुट्टे’, अन्जु पन्तको आवाजमा ‘जिन्दावाद’, शिव परियारको ‘मेरो लाश’, दिपक लिम्बुको ‘रिस राग के लाई साथी’, राम चन्द्र काफ्ले र चेतन सापकोटाको ‘झरना सुन्दर पोकली’, चेतन सापकोटाको ‘साथीहरु हो देश डुब्या छैन्’, चेतन सापकोटाको ‘कि त बाटो बिरायौ’ लगायतका गीतहरु समावेश छन् ।

 

औपचारीक रुपमा राजधानीमा एक कार्यक्रमको आयोजना गदैं उक्त एल्बम सार्बजनिक गरिएको थियो । एल्बमको एक गीतको भिडियो भने सार्बजनिक भईसकेको छ । चेतनका अनुसार अन्य गीतहरुको पनि भिडियोको काम भईरहेको र छिट्टै दर्शकले हेर्न पाउनेछन् । रिलिज भएको ‘खालिखुट्टे’मा बालकृष्ण ढुंगेलको शब्द रहेको छ भने चेतन सापकोटाको संगीत तथा स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा ‘मेरीबास्सै’बाट चर्चामा आएका सुरबिर पंडित दारी बा को अभिनय रहेको छ । गीतको भिडियोलाई रामराजा दाहालले निर्देशन गरेका हुन् ।

 

Leave A Reply

Your email address will not be published.