जेष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान सम्मानित ..
संगीतकार संघ नेपालले मेची महाकाली सांगीतिक अभियानको उद्घघाटन गरेको छ साथै बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानलाई उहाँको निवास काठमाडौ बागबजार देखि रथारोहण सहित कार्यक्रम स्थल सम्म पुर्याई अजर अमर स्रस्टा सम्मान २०७५ बाट सम्मानित गरेको छ ।
उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो! कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले संगीतकार संघ नेपालले गर्न लागेको मेची महाकाली सांगीतिक अभियान तथा अजर अमर स्रष्टा सम्मान कार्यक्रम देशले नै गर्व गर्न लायक रहेको र यस अभियानले राष्ट्रलाई संगीत मार्फ़त एक ढिक्का बनाउन मद्दत पुग्ने बिचार व्यक्त गर्दै संगीतकार संघ नेपाललाई हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो साथै उहाँले संगीत रोयल्टीको व्यवस्थापन, संगीतकर्मी अक्षयकोष बृद्धि , संगीतकर्मी वृद्घाश्रम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।संगीतविनाको जीवन कल्पना गर्न नसकिने ,संगीतले मानसिक सन्तुलन ठीक गर्नेहुनाले आफ्नो विहानको नियमित दैनिकीमा आधा घण्टा संगीत सुन्ने गरेको समेत बताउनु भयो
त्यस्तै कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल ,संस्कृति तथा पर्यटन मन्त्री रबीन्द्र अधिकारी, संचार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटा, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता वामदेव गौतमको आतिथ्यता रहेको थियो कार्यक्रममा शुभकामना दिदै वामदेव गौतमले आफूपनि गीतकार रहेको र स्रस्टाको हक़ अधिकार र रोयल्टीका लागि आफूपनि सँगसँगै रहेको बताउनु भयो संस्कृति तथा पर्यटन मन्त्री रबीन्द्र अधिकारीले रोयल्टी कसैको दान वा भीख हैन अधिकार हो स्रस्टाले आफ्नो हक़ अधिकार माग गरेका छन् राज्यले सो अधिकारको प्रत्याभूति दिनुपर्ने बताउनु भयो ।
काठमाडौ सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजना भएको उक्त्त भव्य तथा सभ्य कार्यक्रममा नेपालका बरिष्ठ गायक योगेश बैध ,दीप श्रेष्ठ , दीपक खरेल , जनवादी गायक जेबी टुहुरे , शम्भु राई , कुन्ती मोक्तान , मीरा राणा, देउडा गायक नन्दकृष्ण जोशी, धिरेन्द्र प्रेमर्सी, युगल जोड़ी उदय मनिला सोतंग ,चर्चित गायक राजेश पायल राई ,गायकहरु सत्य/स्वरुप आचार्य संगीतकार / गायक चेतन सापकोटा , संगीतकार /गायिका शशी रावल ,गायक शिशिर योगी लगायतको जोडदार संगीतिक प्रस्तुती रहेको थियो!