WeStar Nepalको Japan शाखा प्रतिनिधिमा राजु कडेल !
Lets Become A Star को नारा लिएर संचालनमा आएको मिडिया प्रोटल WeStar Nepal ले WeStar Nepal को Japan शाखाको प्रतिनिधिको रुपमा राजु कँडेललाई जिम्मेवारी दिएको छ । नेपाली मौलिक कला-संस्कृति लगायत स्वच्छ समाचार सम्प्रेषण गर्ने उदेश्यका साथ संचालित WeStar Nepal संसार भरी छरिएर रहेका नेपालीहरु बीच पुर्याउने उदेश्य लिएको छ !
राजु बिगत लामो समय देखि जापानमा रही, आफ्नो व्यवसाय गर्दै नेपाली कला-संगीतको पारखीको रुपमा चर्चित एक युवक हुन् । उनी मोडलिगं तथा अभिनयमामा विशेष रुची राख्छन् । WeStar Nepal को च्यानलबाट उनले नयाँ गीत ” घरको याद आयो” मा अभिनय समेत गरेका छन् । गीत को छायाकंन जापानका विभिन्न शहरहरुमा र नेपालमा गरिएको छ जसमा चेतन सापकोटाको एकल शब्द,संगीत र स्वर रहेको छ । बिदेशीएका युवाहरुको मर्म गीतमा सुन्न र देख्न पाईनेछ गीत चाँडैनै बजारमा आँउदैछ ।