चर्चित गायक शिव परियार दुर्घटनामा परेका छन् ।
समाखुसीमा रहेको HYUNDAI Showroom मा मोटर लिन जाने क्रममा बिपरित दिशाबाट आएको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।अहिले उनलाई धापासी स्थित Grande अस्पतालमा राखिएको छ। डाक्टरले उनलाई ३ महिना सम्म आराम गर्नु पर्ने बताएका छन् ।
हामी WeStar Nepal को टिम उहाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न Grande अस्पताल पुगेका थियौं कुराकानीका क्रममा उहाले यो मामिला प्रहरीले आपसी सम्झौतामा सुल्झाउने बताउनु भयो ।
दुर्घटना चाहेर हुने कुरा होईन गल्ती गर्ने ब्यक्तीले सम्पर्कमा आयर माफी माग्दै उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनायका थीय तर अहीले सम्पर्क बीहीन भयको कारण महाराजगञ्ज प्रहरी मातहतमा उक्त अपराधी लाई खोजी भैरहेको छ । उनले संगीतकार संघको कल्याणकारी कोषबाट प्रदान गरिने सहयोग रकम लिन मानेनन् !
उनले निर्धक्क भएर आफु ले टेकेको जमिन बलियो रहेको अर्थात् उनको प्रशंसकहरुको आशीर्वादले आफू उपचारको खर्च व्यहोर्न सक्षम रहेको र बरु कोषको रक़म आर्थिक अवस्था कमजोर रहेका संगीतकर्मीहरु लाई उपलब्ध गराईनुपर्ने सल्लाह दिए साथै यस कामका लागि आफू सदैव संगीतकार संघलाई सहयोग गर्न तयार रहेको समेत बताए । उनको यो विचारको उच्च कदर गर्दै WestarNepal
उनको कुशल स्वास्थको कामना गर्दछ !!