परदेशीलाई घरको याद आयो…(भिडियो सहित)
Westar nepal को प्रस्तुति रहेको घरको याद आयो गीत सार्वजनिक भएको छ। संगीतकार तथा गायक चेतन सापकोटाको शब्द,संगीत र स्वर रहेको यो गीत westar nepal को youtube channel मार्फ़त सार्वजनिक भएको हो ।
नेपाल को पोखरा र जापानका विभिन्न शहरमा छायांकन भएको उक्त गीतमा राजु कँडेल र रोमा कँडेल को साथमा दोचाराम सापकोटाको अभिनय देख्न पाईनेछ । राजु बिगत लामो समय देखि जापानमा रही, आफ्नो व्यवसाय गर्दै नेपाली कला-संगीतको पारखीको रुपमा चर्चित एक युवक हुन् । उनी मोडलिगं तथा अभिनयमामा विशेष रुची राख्छन् । गीतको छायाँकन भने बिशाल भट्टले गरेका छन् !
सो गीतमा विदेशमा बसेर आफ्नो कर्म गरिरहेको एउटा नेपालीको आफ्नो घर , आफ्नो आमा , आफ्नो बुबा , आफ्नो जहाँन प्रतिको माया र सम्झनालाई पोख्न खोजिएको छ ! बाध्यताले परदेशमा पसिना बगाउने नेपाली मनहरुको भावना लुकेको यो गीत अत्यन्तै मार्मिक रहेको छ ।
हेर्नुहोस भिडियो :