We Star Nepal
News From Nepal

चलचित्र विकास बोर्डले गर्यो महिला सशक्तिकरण कार्यक्रम !

0 2,213

चलचित्र विकास बोर्ड चलचित्रकर्मी महिला सशक्तिकरण समितिले महिला सशक्तिकरणका लागी सुचनाको हक विषयक कार्यशाला गोष्ठीको आयोजना गरी महिला चलचित्र कर्मी हरूलाई सुचनाको हक सम्बन्धी प्रशिक्षण तथा बरिष्ठ ५ जना चलचित्रकर्मी महिलाहरूलाई सम्मान गरेको छ राजधानीको जमल स्थित होटल एलो पगोडामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि माईती नेपालकी अध्यक्ष ,पहिलो महिला प्रदेश प्रमुख (३ नम्बर प्रदेश) तथा सी एन एन हिरो अनुराधा कोईराला हुनुहुन्थ्यो भने बरिष्ठ संचारकर्मी बबिता बस्नेतले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा शकुन्तला शर्मा मिथिला शर्मा, करिश्मा मानन्धर, दिपा श्री निरौला तथा नयाॅ पुस्ता बाट साम्राज्ञी शाह लाई सम्मान गरिएको थियो ।
चर्चित अनुहारहरु करिश्मा मानन्धर , विपना थापा , साम्राज्ञी लक्ष्मी शाह ,नीता ढुंगाना साथै बरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल,चैत्यदेवी , मिथिला शर्मा, रमा थपलिया लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । चलचित्रकर्मी महिला सशक्तिकरण समितिमा संयोजक अभिनेत्री सरीता लामिछाने हुनुहुन्छ भने सदस्यहरुमा रक्षा सिंह राणा, गीता अधिकारी,कविता शर्मा गेलाल, तथा सचिवमा चलचित्र विकास बोर्डकी अधिकृत निर्मला चौलागाई हुनुहुन्छ ।


Leave A Reply

Your email address will not be published.