गायक प्रमोद खरेलको नयाँ गीत ‘पृथ्वी’ बजारमा !! (भिडियो सहित)
गायक प्रमोद खरेलको आफ्नै शब्द, संगीत तथा स्वरको नयाँ गीत ‘पृथ्वी’ ले छोटो समयमै दर्शकको मन जितेको छ । गत साता प्रमोदको आफ्नै youtube channel बाट यो गीत बजारमा आएको हो !
पछिल्लो समय फास्ट बिटका गीत गाइरहेका गायक खरेलले नयाँ गीत एक प्रकारको प्रयोग गरेका छन् । क्लासिकल शैलीको प्रस्तुत गीतमा गायक खरेलले आफ्नौ भर्सटालिटी देखाएका छन् । गायक खरेलले यो गीतमा आफ्नो सांगीतिक यात्रा प्रारम्भ गर्दाताकाकै शैली अपनाएका छन् ।
‘पृथ्वी’ को म्युजिक भिडियो पनि आकर्षक बनेको छ । सञ्चारकर्मी सुव्रतराज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गीतको शब्दको भावलाई समेटिएको छ । म्युजिक भिडियोमा गायक खरेलसहित अभिनेत्री सारा शिर्पाली तथा मोडल फिरोज तिमिल्सिनाले अभिनय गरेका छन् । जीवन रिजाल तथा निराजन कार्कीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :