We Star Nepal
News From Nepal

‘जीवनभर साथ दिने पत्नीको उपचार सकेर मात्र फर्कन्छु’ : प्रचण्ड !

0 2,831

पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुरमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातापछि मात्रै नेपाल फर्कने भएका छन् ।

सीता दाहालको स्वास्थ्य अवस्था कमजोर भएपछि गत साता प्रचण्ड उपचारका लागि सिंगापुर पुगेका थिए । प्रचण्डकी कान्छी छोरी गंगा दाहालले दिएको जानकारीअनुसार ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले प्रचण्डको बसाई लम्बिएको हो । पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै प्रचण्डले आफ्नो बसाई लम्बाएका हुन् ।

विगत केही वर्षयता प्रचण्ड एकपछि अर्को पारिवारिक पीडामा छन् । छोरी ज्ञानु दाहालको निधन भएको ३ वर्ष नपुग्दै एक मात्र छोरा प्रकाश दाहालको पनि गत मंसीरमा निधन भएको थियो । यता पत्नी सीताको पनि स्वास्थ्य र स्मरणशक्ति कमजोर भएपछि अध्यक्ष प्रचण्डले परिवारका लागि समय दिन थालेका छन् ।

अब प्रचण्ड पत्नी सीताका लागि केही गर्न चाहिरहेका छन् । उनका हत्केलामा खुसीका फूलैफूल होइन, उनको स्वास्थ्यमा रहेका समस्याको चाङ हटाउन चहान्छन्, उनलाई समय दिन चहान्छन् ।

त्यसैले उनले सिंगापुरको माउन्ट एलिजावेथ मेडिकल सेन्टरमा आफ्नै उपस्थितिमा सीताको हरप्रकारका उपचारलाई जारी राखेका छन् । उनले त्यहिँबाट सन्देश पठाएका छन्, ‘सीताले जीवनका ५० वर्ष साथ दिइन्, उनको स्वास्थ्यका लागि केही दिन बिताउन चहान्छु ।’

जहाँ जहाँ प्रचण्ड त्यहाँ त्यहाँ सीता दाहालले साथ नदिएको समय सायदै थियो होला । तत्कालिन नेकपा माओवादीको युद्ध होस् वा शान्ति प्रक्रिया सीताको साथले नै प्रचण्डको आँट बनेको थियो । अहिले सीता अस्वस्थ्य छिन् । केही विराम छ उनलाई । सन्तानप्रेममा लिन हुने सीता केही समययता विक्षिप्ततामा छिन् । खासगरी छोरा प्रकाशको निधनपछि उनको मुहार हँसिलो, फुर्तिलो र खुसीपन देखिएको छैन । त्यहाँमाथि जेठी छोरी ज्ञानु दाहालको निधनको शोकसँगै प्रकाशको असामयिक निधनको चोट कहिँ विझिरहेको थियो ।

‘अझै एक साता भन्दा बढि समय बुवा आमाको उपचारका लागि सिंगापुरै बस्ने भन्नुभएको छ, यति लामो यात्रामा आमाले गर्नुभएको योगदानले आफुसँगै देशले पनि रुपान्तरणको स्वाद पाएको भन्दै, आमाको स्वास्थ्यका लागि बुवा त्यता रहनुभएको हो’, मंगलबार सिंगापुरबाट फर्किएकी छोरी गंगाले भनिन्,‘आमाको वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनका लागि बुवा अस्पतालमा बस्नु भएको हो ।’ उनले बाबु प्रचण्डका तर्फबाट परिवारका लागि देखाएको सदासायताका लागि धन्यवाद पनि दिएकी छन् ।

Leave A Reply

Your email address will not be published.