चेतन सापकोटाको सबैलाई नचाउने अर्को गीत सार्बजनिक !!!(भिडियो सहित )
चेतन सापकोटा आए “ तिमीले हाँसी दिए पुग्छ “ भन्दै …… चेतनको आफ्नै शब्द, संगीत र स्वर साथै आफ्नै निर्देशनमा बनेको म्यूज़िक भिडियो वी स्टार नेपालको अफिसियल यूट्यूब च्यानल मार्फ़त सार्वजनिक भएको छ ।
जापानको विभिन्न रमणिय स्थलमा छायांकन भएको भिडियोमा चेतन स्वयंको अभिनय रहेको छ भने जापानमा बस्नु हुने मेरीता श्रेष्ठ ,मेरीना श्रेष्ठ तथा अभिषेक श्रेष्ठले साथ दिएका छन् चेतन सापकोटा संगीतकार तथा गायक मात्र नभएर मोडल र भिडियो निर्देशनमा पनि जम्ने देखिन्छ ,गीतको छायाकंन रोशन कार्कीले गरेका हुन भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
हेर्नुहोस भिडियो: