We Star Nepal
News From Nepal

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण : देउवा

0 236

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको नेपाली कांग्रेसकोे ठहर छ ।

कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताउँदै ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताए ।

लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको भन्दै देउवाले ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको बताए ।

‘ओलीको विकल्प खोज्ने है हो । पार्टीको निर्णय पनि त्यै छ । विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने हो’, बैठकमा देउवाले भने ।

कांग्रेस सांसदहरुलाई पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलसँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै सभापति देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको दाबी गरे ।

Leave A Reply

Your email address will not be published.