We Star Nepal
News From Nepal

लोक सेवा आयोगलगायत संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति सिफारिस

0 237

काठमाडौं – संवैधानिक परिषद् बैठकले लोक सेवा आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा पदाधिकारी नियुक्ति सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा नियुक्तिको सिफारिस गरेको हो।

सिफारिस गरिएकाको विस्तृत विवरण आउन नै बाँकी छ। परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन्। प्रधानमन्त्री ओली,राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा बैठकमा सहभागी थिए।

सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद् बैठक बस्न सक्ने गरी संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.