We Star Nepal
News From Nepal

अन्तर संघर्षकैबीच सिंहदरवारमा नेपाल पक्षको बैठक, सम्भवतः आजै राजीनामा

0 180

काठमाडौँ – नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै गर्दा त्यस अघि नै नेपाल पक्षले ठोस निर्णय लिन सांसदहरुलाई छलफलमा बोलाएका हुन् ।

केहीबेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरूले राजीनामा दिएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेसँगै राजीनामा दिने तयारीमा सांसद पुगेको एक नेताले बताए ।

त्यी नेताका अनुसार नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र १० जना समानुपातिक सांसद गरी ३५ जनाले आजै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदै गर्दा त्यस अघि नै नेपाल पक्षले आज राजीनामा दिन लागेका हुन् ।

यता प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने निश्चित भएको छ । काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । आज मात्रै पनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै पुगेर विश्वासको मत नदिने र आफूहरू तटस्थ बस्ने सन्देश सुनाई सकेका छन् ।

Leave A Reply

Your email address will not be published.