निषेधाज्ञामा काठमाडौँ यस्तो देखियो हेर्नुस भिडियोमा
काठमाडौँका विभिन्न मुख्य मुख्य चोकहरु शहिद गेट , सुन्धारा, बानेश्वर, गौशाला, सिनामंगल , दरबारमार्ग, बालाजु लगायतका स्थानहरुमा निषेधाज्ञाको पूर्ण पालना भएको देख्न सकिन्छ , सुरक्षाकर्मीले चेक जांच गरी दुध, खाध्धान्न तरकारी लगायतका अति आवश्यक सामाग्रीका सवारी साधन तथा अन्य सवारी साधन प्रयोगकर्ताहरुलाई आवश्यकता अनुसार प्रयोग गर्न दिईएको छ । चित्त बुझ्दो कारणबिना हिडडुल गर्ने लाई प्रहरीले कारवाही पनि गरेको देख्न सकिन्छ ।
नेपालमा कोरोनाका कारण मृत्यू हुनेको संख्या अकल्पनिय रुपमा बढदै छ , संक्रमित पनि दिनानुदिन बढदैछन् त्यसैले होशियार रहौ
अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कऔँ,साबुन पानीले पटक पटक हात धोऔँ गुणस्तरिय स्यानिटाईजरको प्रयोग गरौँ , घरपनि सामाजिक दुरी कायम गरौँ
संकटको बेला मानवीयताको प्रर्दशन गरौँ आफुले सकेको सहयोग गर्न जुटौँ।
जय मानव प्रेम