We Star Nepal
News From Nepal

ने.क.पा. माओवादीले पार्टी कार्यालयहरूलाई आइसोलेशन बनाउने

0 326

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालयहरूलाई आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्नका लागि पार्टीले आफ्नै भवन भएको सबै जिल्लाको पार्टी कार्यालयलाई आइसोलेशन कक्ष बनाउने भएको हो ।

बुधबार बसेको विभिन्न जिल्लाका पार्टी अध्यक्षको बैठकले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने निर्णय गरेको हो । पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आफ्नै भवन भएका सबै जिल्लामा आइसोलेशन बनाउने भएको हो ।

सचिव ढकालले आफ्ना पार्टीका नेता तथा कार्याकर्तालाई यसअघि नै कोरोनाविरुद्धको लडाइँमा लाग्न आह्वान गरिसकेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.