नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ आफ्ना माग पूरा नगरे ४ बजे राजीनामा दिने
न् ।आफ्ना माग पूरा नगरे ४ बजे राजीनामा दिने नेता भीम रावलले बताएका छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।
चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ ।
नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।
आज बिहान ओलीले नेपाललाई टेलिफोन गरी भेटका लागि प्रस्ताव गरेका थिए ।
आजै बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल लगायत भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारवाही फुकुवा गरेको थियो । २०७५ असोज २ गतेको स्थितिमा फर्कनुपर्ने माग पूरा नभए आज दिनको ४ बजे नेपाल पक्ष सांसदले राजीनामा दिने चेतावनी दिइसकेका छन् ।
माधव पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना माग पूरा गर्नका लागि आज ४ बजेसम्मको समय सीमा तोकेका छन् ।
स्थयी कमिटी बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।
सो निर्णयपछि वार्ताको वातावरण बनेको भन्दै एमाले वृत्तमा खुशियाली छाएको छ । पार्टी एकता कायम राख्नका लागि नेताहरु गम्भीर हुनुपर्ने बताइरहेका बेला संस्थापन पक्षले कारवाही फुकुवा गरेको थियो ।
नेपाल पक्षले २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ ।
नेपाल पक्षका नेता रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए ।
Share this: