पाँच बेडको आईसीयूका लागि दुई करोड बजेट विनियोजन
गुल्मी – गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट उक्त बजेट विनियोजन गरिएको हो ।
जिल्लामा थप सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौँ लगायतका शहरमा लैजानुपर्ने बाध्यता छ ।
कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् ।