राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलाई मातृशोक परेको छ ।
उनको ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । मृतक नर्वदालाई उच्च रक्तचाप रहेको थियो । अधिकारीको आज अन्त्येष्टि गरिएको छ ।
दिवंगत अधिकारीका श्रीमान् र चार छोरा छन् ।