We Star Nepal
News From Nepal

पाकिस्तानको स्थानीय कम्पनीद्वारा कोभिड-१९ विरुद्धको खोप उत्पादन

0 88

इस्लामाबाद – पाकिस्तानको स्थानीय कम्पनीले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप बनाएको छ ।

चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले मंगलबार सार्वजनिक गरेको हो। पाकिस्तानी अधिकारीहरूका अनुसार यस खोप उत्पादनका लागि मित्र राष्ट्र चीनले कच्चा पदार्थ उपलब्ध गराएको हो ।

पाकभ्याकु नाम दिइएको उक्त खोप इस्लामाबादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ(एनआईएच)मा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री इमरान खानले स्थानीय स्तरमा उत्पादन गरिएको यस खोप पाकिस्तानको लागि कोसेढुङ्गा साबित भएको प्रतिक्रिया दिएका छन् । साथै कोरोना विरुद्धको लडाइँमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

यसअघि उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको थियो । पाकिस्तानमा हालसम्म ९ लाख २२ हजार भन्दा धेरै कोरोना सङ्क्रमित भइसकेका छन् ।

पाकिस्तान सरकारले हालसम्म आफ्ना ५० लाख ३० हजार नागरिकलाई ७० लाख ३० हजार डोज कोभिड विरुद्धको खोप लगाइसकेको छ । तीमध्ये करिब २० लाख मानिसले दोस्रो चरणको खोप समेत लगाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.