सिन्धुपाल्चोकमा फेरि ठूलो प्राकृतिक प्रकोप
अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित खानेपानीको ड्याम फुटेको हो। मनसुन शुरु भएसँगै अविरल वर्षाका कारण आएको बाढिको कारण इन्द्रावती हाइड्रोमा ठूलो क्षती भएकोको र हेलम्बुको मेलम्ची खानेपानीको सिरमा रहेको नाकुतेको पुल समेत बगाएको स्थानीय युवा समाजसेभी सिपी दुलालले जानकारी दिएका छन्। अहिले इन्द्रावतीमा पानीको बहाव बढ्ने क्रम जारी छ ।
खोला वर परका गोठ, टहरा र खेत समेत बाढीले बगाएको छ। लार्केमाथि पहिरो आई खोला बन्द भएको र एक्कासी खोलामा बाढी आएको स्थानीय फुर्वा लामाले जानकारी दिएका छन्। उनले केही स्थानीय बाढीमा बेपत्ता भएको उनले जानकारी दिएका छन्। बाढीले हेलम्बु मेलम्चीघ्याङ र सेतिघ्याङ जोड्ने चोक्पुखोलाको पुल बगाएको छ।
तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, हल्दे पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ|