सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको बितण्डा ! सयौं बेपत्ता , अरबौंको क्षति सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगे
सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगेका छन्
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगेका छन् । आज बिहान स्थल मार्गबाट मेलम्ची बजार पुगेका हुन् ।
उनी क्षतिबारे जानकारी लिएका छन् । इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको बताइएको छ ।
मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, हल्दे पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ
हिजो राती नै मौसम प्रतिकुल भएपछि सिन्धुपाल्चोक सुरक्षा प्रमुख प्रमुख जिल्ला अधिकारी संग कुरा गरी जनताको जिउ ज्यानको सुरक्षाका लागी माईकिंग गरी बस्ती बजार छोडेर माथी गॉउमा जान र सुरक्षित हुन अनुरोध गर्दै स्थानीय युवा साथीहरुलाई पनि परिचालन गराएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य माधब सापकोटा ‘ सुबोध ‘ ले बताउनु भएकोछ । उद्दार र राहत मा सरकारलाई जोडदार माग गरेको पनि बताउदै राती नै सापकोटा मेलम्ची पुगेका छन
मेलम्ची देखि चनौटेसम्म एक ठाउँमा बाटो बनाएपछि सडक यातायात सुचारु गर्न सकिने देखियो र पानी घट्नासाथ त्यो चालु गरिनेछ । तालामाराङ, चनौटै बजारको धेरै भाग क्षति भइसकेको र आधा क्षति हुने क्रममा छ । भने त्यसभन्दा माथिका सडक पुरै यातायात चल्न नसक्ने अवस्थामा छन् र मेलम्ची खोलाका सबै पुल ध्वस्त भएका छन्, । मेलम्ची खानेपानीको मुहान, चिनिया क्याम्प सबै ध्वस्त भएको छ। माथिल्लो भागमा केहि पहिरो जाने खोला थुनिने र बढ्ने खतरा अझै छ । संचार र बिधुत पूर्ण रुपमा बन्द छ । कति मानिस लापत्ता भए एकिन गर्न सकिएको छैन अन्दाज मात्र गरिएको छ । हामी तत्काल उद्धार र राहतमा लाग्नु पर्ने भएको छ । सबभन्दा पहिला सरकारलाई अविलम्ब हेलिकोप्टरबाट राहत सामग्री पुर्याउन जोडदार माग गर्दछु ।
पुर्ब बागमती प्रदेश मन्त्री माननीय युवराज दुलाल ‘ शरद
यो बिपदको बेला देश तथा बिदेशमा रहनु हुने नेपालीहरुले मन ठुलो पारी रहत सहयोग गर्नुहुन चौतर्फी अनुरोध गर्दछौ
we star nepal