“सिन्धु सहयोग कोष“ बाढी पिडितलाई राहत सहयोग तथा पुनर्वास सुरु
मेलम्ची बाढीबाट घर गुमाएकाहरुका लागि कलाकारहरुले स्थायी आवासका लागि पहल सुरु गरेका छन् । बाढीबाट विस्थापित भएका कलाकारहरुके सिन्धु सहयोग कोषमार्फत स्थायी आवासका लागि पहल भएको हो
कोषकी सहसंयोजक अभिनेत्री करिष्मा मानन्धर सोमबार हेलम्बु र मेलम्ची क्षेत्रमा पुगि आवास निर्माणका लागि जग्गाको निरीक्षण गरेकी थिइन् । कलाकारहरुसँग गएको टोलीले गाउँपालिका र नगरपालिकाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासीसँग छलफलसमेत गरेको थियो ।
मेलम्ची र हेलम्बुमा निर्माण गरिने आवासका लागि स्थानीय तहले नै जग्गाको चाँजोपाँजो मिलाउने अभिनेत्री मानन्धरले बताइन् । ‘दुई स्थानमा आवास निर्माण गरिनुपर्ने देखियो,’ उनले भनिन्, ‘बाढीपीडितलाई दीर्घकालीन रुपले बस्न मिल्ने आवास निर्माण गर्ने योजना छ ।’ उनले पर्यटकीय योजनाका साथ होमस्टेसहितको एकिकृत नमूना बस्ती बसाल्नेबारे छलफल भएको सुनाइन् ।टोलीमा सहसंयोजक करिष्मासहित कृष्ण ढुंगाना, चेतन सापकोटा, जितु नेपाल, पूजा शर्मा,
जनकदीप पराजुली, शिवहरि वैरागी हेलम्बु रमेलम्ची पुगेका हुन् । यो टोलीले जिल्ला समन्वय समितिका प्रमुृख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालगायतलाई भेटेको थियो ।