“सिन्धु सहयोग कोष“ बाढी पिडितलाई राहत सहयोग तथा पुनर्वास सुरु

मेलम्ची बाढीबाट घर गुमाएकाहरुका लागि कलाकारहरुले स्थायी आवासका लागि पहल सुरु गरेका छन् । बाढीबाट विस्थापित भएका कलाकारहरुके सिन्धु सहयोग कोषमार्फत स्थायी आवासका लागि पहल भएको हो

कोषकी सहसंयोजक अभिनेत्री करिष्मा मानन्धर सोमबार हेलम्बु र मेलम्ची क्षेत्रमा पुगि आवास निर्माणका लागि जग्गाको निरीक्षण गरेकी थिइन् । कलाकारहरुसँग गएको टोलीले गाउँपालिका र नगरपालिकाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासीसँग छलफलसमेत गरेको थियो ।

मेलम्ची र हेलम्बुमा निर्माण गरिने आवासका लागि स्थानीय तहले नै जग्गाको चाँजोपाँजो मिलाउने अभिनेत्री मानन्धरले बताइन् । ‘दुई स्थानमा आवास निर्माण गरिनुपर्ने देखियो,’ उनले भनिन्, ‘बाढीपीडितलाई दीर्घकालीन रुपले बस्न मिल्ने आवास निर्माण गर्ने योजना छ ।’ उनले पर्यटकीय योजनाका साथ होमस्टेसहितको एकिकृत नमूना बस्ती बसाल्नेबारे छलफल भएको सुनाइन् ।
टोलीमा सहसंयोजक करिष्मासहित कृष्ण ढुंगाना, चेतन सापकोटा, जितु नेपाल, पूजा शर्मा,
जनकदीप पराजुली, शिवहरि वैरागी हेलम्बु रमेलम्ची पुगेका हुन् । यो टोलीले जिल्ला समन्वय समितिका प्रमुृख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालगायतलाई भेटेको थियो ।
