करण परियारको नयाँ गीत,न्ह्यू बज्राचार्यको संगीतमा‘बादल घटामा’
बादल घटामा तिम्रो पतामा
बस्दै गयो यो मन
तिमी पवन मेरो यो मन
उड्दै गएछ झन्
नेपाल आइडल सिजन ५ का विजेता करण परियारको नयाँ गीत ‘बादल घटामा’का शब्द हुन् यी । प्रकृतिलाई विम्ब बनाएर जीवनलाई प्रस्तुत गरिएको गीतमा गोपाल प्याकुरेलको शब्द र न्ह्यू बज्राचार्यको संगीत छ ।
करण नेपाल आइडलमा प्रतिस्पर्धी रहेकै बेला न्ह्यूले यो गीत गाउन दिने घोषणा गरेका थिए ।
भिडियोमा करण स्वयं फिचर्ड छन् ।
गीतको भिडियोमा करण नेपाल आइडल विजेता बन्दाका क्षण, मिडिया कभरेज लगायतका दृश्य समेत प्रस्तुत गरिएको छ ।
गीत ‘न्ह्यू बज्राचार्य’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
संगीतकार बज्राचार्य नेपाल आइडलका जजसमेत हुन् ।