अरुणीमा लम्सालले गरिन् युवराज श्रेष्ठसँग बिबाह
कांग्रेस नेता युवराज श्रेष्ठसँग अरुणीमाले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिबाह गरेकी छन् ।
अभिनेत्री अरुणिमा लम्सालले बिबाह गरेकी हुन् ।
उनीहरुको मागी विवाह भएको बुझिन्छ ।
परिवार निकट आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेकी हुन् ।
अरुणीमाका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता समेत हुन्
केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन् ।
दर्जनौं फिल्महरुमा अभिनय गरेकी अभिनेत्री अरुणीमा लम्सालको यो दोश्रो विवाह हो ।
अरुणीमा लामो समयदेखि अमेरिकामा आमा,बुवा र छोरीसँग बसोबास गर्दै आइरहेकी छन् ।