We Star Nepal
News From Nepal

राजन दाहलले बनाए सिन्धुलीमा नेकपा(माओवादी केन्द्र)को आफ्नै पार्टी कार्यालय भवन

0 30
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा तत्कालिन सिन्धुली जिल्ला इन्चार्ज कमरेड राजन दाहालको नेतृत्व तथा उहाँकै पहलकदमीका कारण कमलामाई-६ सिन्धुलीमा १२ धुर जग्गा पार्टीको नाममा खरिद गरि कार्यालय भवन समेत निर्माण सम्पन्न भएको छ । राजन दाहालले तत्कालीन समयका पार्टीका नेतृत्वहरुसित परामर्श गरि जग्गा खरिद गरेर पार्टी कार्यालय भवन निर्माण अभियानको सुरुवात गर्नु भएको थियो । पार्टीको लेटरप्याड तथा सहयोग रसिद बिना नै सामाजिक संजाल मार्फत सार्वजनिक आव्हान गरेर सहयोग संकलन कार्य गरिएको थियो । सहयोगको लागि पार्टीको नेता कार्यकर्ता , समर्थक सुभेच्छुक कसैलाई पनि वाध्यकारी बनाइएको थिएन। सार्वजनिक अपिल गरेर सुरुवात गरिएको कार्य भएकोले उक्त अभियानमा स्वच्छिक सहयोग, स्वच्छिक सहभगिता रहेकोे थियो । जग्गा खरिद गरिसके पछि पार्टी कार्यालय भवन ठेक्का प्रक्रियाबाट निर्माण सम्पन्न भएको हो । उक्त कार्यको लागि व्यवस्थापकिय जिम्मेवारी पार्टीको तत्कालीन संगठन बिभाग प्रमुख गणेश रत्न र पार्टीको निर्माण व्यवसायी बिभागका केन्द्रीय सदस्य कमरेड उद्दव प्रसाद दाहाललाई दिइएको थियो ।

सहयोग गर्ने स्वयम् व्यक्तिहरुकै नाममा रकम डिपोजिट गरिनुका साथै सम्पुर्ण कारोबार बैंकिङ्ग प्रणाली मार्फत गरिएको हुनाले पुर्ण रुपमा पारदर्शी रहेको कुरा दाताहरुको नामावली बढी रकम दिनेहरुको आधारमा शिलालेखमा राखिएबाट स्पष्ट हुन्छ।
कुनै प्रतिष्ठानको नाममा राज्यको ढुकुटीबाट करोडौ बिनयोजन गर्ने,भवन निर्माणको नाममा भ्रष्टचार गर्ने अनि प्रतिष्ठानलाई नै पार्टी कार्यलय बनाएर सञ्चालन गर्ने पार्टी र पात्रहरूले उल्टो जनताको स्वेच्छिक सहयोग र राजन दाहलको कुशल नेतृत्वमा सम्पन्न भएको पार्टी कार्यलयको बारेमा प्रश्न उठाउने कुनै ठाउँ नै रहँदैन्।
सामाजिक संञ्जालका माध्यमबाट पार्टी कार्यलय निर्माण सम्पन्न भएपछि खातामा बाँकी रहेको रकम जनताको सेवामा समर्पित गर्ने लक्ष्यका साथ स्थापित जनसेवा फाउन्डेसन नामक संस्था स्थापना करिब ४५ लाख रुपियाँ मुद्दती खातामा राख्ने सचिबालयले श्रोतले जानाकारी दियो।

Leave A Reply

Your email address will not be published.