We Star Nepal
News From Nepal

अमेरिकामा गोली हानेर २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

0 39

२०८१ भदौ १२ गते बुधबार ०४:३९
अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । उनको छातीमा गोली लागेको नेप्योर्कले…

अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।
उनको छातीमा गोली लागेको नेप्योर्कले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लाश भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।
मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन । नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । यसअघि टेक्ससमै अर्का एक नेपाली दीपक वलीको पनि गोली हानी हत्या गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.