We Star Nepal
News From Nepal

हिंसा’ भनेपछि संसदमा भनाभन

0 36

बुधवार १२
नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । विद्युत् बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादी सांसदहरूले नियमापत्ति गरेका हुन्।

सापकोटाले संविधानले हिंसा नभनेको स्मरण गराइरहँदा भट्टराईले भने, ‘हिंसा हो हिंसा हो हिंसै हो । हिंसाबाहेक केही होइन । यो हाम्रो परिभाषा हो, उहाँले नमाने पनि केह्री हुँदैन । यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो ।’

अन्ततः सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई एक मिनेटको समय दिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समय माग गरे पनि सभामुखले भट्टराईलाई नै समय दिएपछि माओवादी सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन्।

Leave A Reply

Your email address will not be published.