We Star Nepal
News From Nepal

मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धुटि स्टेट प्रकरणमा प्रश्न उठेको छ । राजीनामा दिन तयार हो ? सांसद देवेन्द्र पौडेल

0 47

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुखलाई हटाउने कुरा संसदमा प्रवेश हुनु दुःखदायी भएको बताएका छन ।
सांसद देवेन्द्र पौडेलले संसद जनताबाट निर्वाचित भएका प्रतिनिधिहरूको साझा संस्था भएको बताएका छन् । प्रतिनिधिसभामा जनताका मुद्दाहरू लगातार उठिरहुन पर्ने पौडेलको भनाइ छ
उनले शिक्षकले पढाउन, डाक्टरले उपचार गर्न छाडे के हुन्छ भन्दै सांसदहरूले सदन चल्न नदिए के हुन्छ भनेर प्रश्न गरे । उनले लगातार सदन अवरुद्ध गर्ने विषय राम्रो नभएको टिप्पणी गरेका छन् |
उनले सहमतीको आधारमा उपसभामुख बन्नु भएकी इन्दिरा रानालाई हटाउनुले लोकतन्त्र अगाडी बढ्न नसक्ने धारणा राखे । उनले यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडी बढ्न नसक्ने बताए । उनले प्रश्न उठ्नासाथ राजीनामा दिनुपर्ने भए मन्त्रीहरुबारे पनि धेरै प्रश्नहरु रहेको उल्लेख गरे ।

उनले सरकारका मन्त्रीमाथि भूटानी शरणार्थी, बालुवाटार जग्गा र गिरिबन्धु टि स्टेट प्रकरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन तयार हो भनि प्रश्न गरे

Leave A Reply

Your email address will not be published.