We Star Nepal
News From Nepal

सल्लाघारीमा रहेको १ सय ८ रोपनी जग्गा ख्वप विश्वविद्यालयका लागि माग

0 129

असोज १, २०८१ मंगलबार
काठमाण्डौ – भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय सञ्चालनका लागि नेपाल ट्रस्टको नाममा रहेको जग्गा उपलब्ध गराउन ध्यानाकर्षण गराएको हो ।

भेटमा मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रस्टको नाममा रहेको जग्गाको खोजी भइरहेको जानकारी दिँदै ट्रस्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाल ट्रस्टको स्वामित्व कायम हुने ढङ्गले सल्लाघारीको एक सय आठ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रस्टको नीतिअनुसार त्यो जग्गा नगरपालिकालाई दिन मिल्नेरनमिल्ने अध्ययन गरिने जानकारी गराउनुभयो ।

यस्तै भक्तपुर नगरपालिकाका मेयर प्रजापतिले ट्रस्टको सहमतिमा नगरपालिकाको खर्चमा एक सय आठ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाई संरक्षण गर्दै आइरहेको बताउनुभयो । स्रोत उज्यालो अन्लाइन

Leave A Reply

Your email address will not be published.