We Star Nepal
News From Nepal

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति

0 53

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई भक्तपुरस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ गरी उनलाई अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईँलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

Leave A Reply

Your email address will not be published.