We Star Nepal
News From Nepal

कार्यकक्षमै गएर राष्ट्रिय सभा अध्यक्षले भेट्नुभयो समिति सभापतिहरूलाई

0 44


काठमाडौं, असोज ११ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिनुभएको छ।
समिति सभापतिहरूकै कार्यकक्षमा पुगेर उहाँले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिनुभएको हो।

अध्यक्ष दाहालसँगै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याल लगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहाल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थियो।

सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्नुहुँदै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताउनु भयो।

भेटमा सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको बताउनु भएको थियो।

 

Leave A Reply

Your email address will not be published.