We Star Nepal
News From Nepal

राष्ट्रिय सभाका अध्यक्ष ,लगायतको टोलीले विकास, आर्थिक मामिला तथा सुशासन समितिको कार्यकक्षमा गएर समितिको काम कारबाही र व्यवस्थापकीय अवस्थाका बारेमा लिए जानकारी

0 49

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, माननीय उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभा सचिव लगायतको टोलीले विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति मा० कमला पन्तको कार्यकक्षमा गएर समितिको काम कारबाही र व्यवस्थापकीय अवस्थाका बारेमा जानकारी लिएको छ।

सो अवसरमा अध्यक्ष दाहालले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिनुभएको हो। समिति सञ्चालन गर्दा हुने समस्या र आवश्यक स्रोत साधनको स्थितिबारे जानकारी लिनुहुँदै अध्यक्ष दाहालले समितिको प्रभावकारिताका लागि सभाको अध्यक्षको हैसियतले पहल लिने बताउनु भयो।

भेटमा समिति सभापति मा० कमला पन्त, सचिव रोजनाथ पाण्डे लगायतले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको बताउनु भएको थियो।

 

#nachairperson #nepal #NationalAssembly

Leave A Reply

Your email address will not be published.