We Star Nepal
News From Nepal

म मेरै बाटो बग्न मन पराउछु

0 241

म मेरै बाटो बग्न मन पराउछु

ओ! मान्छेहरु
मलाइ नरोक- न
मलाई नछेक- न
बग्न देऊ
मेरै बाटो भएर निस्फिक्री-
म चहान्छु
कसैको एक रत्ती पनि- नबिगारु
कसैको हासोहरु पनि- नखोसू
बिचल्लीमा आसुहरु पनि- नपारू
म उभिएको छु
उखानको ठिक उल्टो भएर
“मनको बह कहन”

दुख्ने मन म सग पनि छ
तिमीहरु सग पनि छ
फरक यति हो-
तिमीहरु मन निर्धक्क फुकाल्छौ
सबैले सुन्छन् – थामीदिन्छन् मनहरु
म मन फुकाल्छु
कोहि हुन्नन् -मेरा गुनासाहरु सुन्नेहरु

जब मेरो छातिमा घरहरु बनाइन्छ-मिचेर
बाटो कुदाउछ- मिचेर
व्यापार गरिन्छ- मिचेर
पुर्खा देखिको मेरो नक्सा बदलिन्छ – मिचेर
मलाइ एक मामुली कुलो बनाउछ- मिचेर
तब म कहाँनेर जाऊ
ओ! मान्छेहरु
मेरो जाने ठाउँ छैन
तब पोखाउछु उकुसमुकुस
पाउछौ मलाई
मेरो भयंकर रुपमा
एक तान्डप
एक अराजकता
एक निर्दयी के भन्छौ
तर तिमिहरु म भएर हेर त!
म कति सकसमा बाचेको छु
म मेरै बाटो
बग्न मन पराउछु।।

Leave A Reply

Your email address will not be published.