बाढी पहिरो पीडित ८५ परिवारलाई कलाकार सङ्घद्वारा कम्बल वितरण
१३ कार्तिक, मंगलबार
काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार सङ्घले वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा कम्बल प्रदान गरेको हो ।
कलाकार सङ्घ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको सङ्घका केन्द्रीय अध्यक्ष मोहन निरौलाले बताउनुभयो ।
अध्यक्ष निरौलाले सङ्घले कलाकारहरूको हक अधिकारको लागि मात्र नभई समाजका लागि पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।