काठमाण्डौ महानगरपालिकाको स्वदेशमा उत्पादन भएका फूलको ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन
कात्तिक १३, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री÷वितरणलार्ई महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ ।
गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री÷वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।
गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानलाई सहज बनाउन आवश्यक पहल गरिएको मेयर बालेन्द्र शाहले बताउनुभयको छ ।
प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री÷वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ ।
त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री÷वितरण नगर्न महानगरले अनुरोध गरेको छ । लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने महानगरले जनाएको छ ।