We Star Nepal
News From Nepal

सय दिनमा सरकार असफल भए पनि तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ ः अध्यक्ष प्रचण्ड

0 71

कात्तिक १३, २०८१ मंगलबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सय दिनसम्मको काम हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने मेरो र माओवादी केन्द्रको मनशाय छैन । सरकार ढाल्नतिर लागेर नागरिकलाई हैरानी दिन मन छैन ।’ सरकार असफल नै छ । मैले सरकारलाई राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस्, सकारात्मक काम गरेर जाओस् भनेको छु ।

प्रचण्डले आफूले सरकारलाई पटक पटक राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस् र सकारात्मक काम गरेर जाओस् भन्ने आग्रह गरे पनि भ्रष्टाचारीलाई जोगाउनेबाहेक काम गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने मेरो र माओवादी केन्द्रको मनशाय छैन । सरकार ढाल्नतिर लागेर नागरिकलाई हैरानी दिन मन छैन ।’‘सय दिनसम्मको काम हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । मैले सरकारलाई राष्ट्र र नागरिकप्रति अझ गम्भीर र संवेदनशील होस्, सकारात्मक काम गरेर जाओस् भनेको छु ।

Leave A Reply

Your email address will not be published.