We Star Nepal
News From Nepal

साफ फाइनलः अनलाइन टिकटको व्यवस्था नहुँदा काउन्टरअघि खेल समर्थकहरूको चाप

0 80

२०८१ कार्तिक १४ गते बुधबार
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकटको प्रक्रिया स्थगित गर्दै भौतिक टिकट वितरण गर्ने निर्णय लिएपछि जावलाखेलस्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकालीस्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरअघि खेल समर्थकहरूको चाप बढेको हो ।
। साफ महिला च्याम्पियनशिपको फाइनल खेलका लागि अनलाइन टिकटको व्यवस्था नहुँदा समर्थकहरू बिहानैदेखि लामो लाइनमा लागेका छन् ।
बिहान ८ बजेदेखि काउन्टर खुल्ने भनिएपनि हालसम्म टिकट बिक्री सुरु हुन सकेको छैन । एन्फाका अनुसार साफ च्याम्पियनशिपको फाइनलका लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ । यसअन्तर्गत दर्शकहरूलाई अधिकतम दुई भीआईपी र पाँच साधारण टिकट किन्ने अनुमति दिइएको छ ।
नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि एन्फाले टिकेटिङ पार्टनर माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्ससँगको सम्झौता रद्द गरेको थियो ।
यसपछि एन्फा आफैले भौतिक रूपमा टिकट बिक्री गर्ने सुर गरेको हो । यस पहिले नै अनलाइन माध्यम (खल्ती) बाट टिकट काटिसकेका समर्थकको हकमा भीआईपी टिकटको रकम फिर्ता हुने र साधारण टिकटलाई मान्यता दिइने एन्फाले जनाएको छ ।
नेपाल र बङ्गलादेशबीच हुने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार साँझ ६ः३० देखि सुरु हुनेछ ।

Leave A Reply

Your email address will not be published.