We Star Nepal
News From Nepal

आँखा चिम्लिएर ताली पड्काउन जानेको छ ! उसले यसैलाई लोकतन्त्र ठानेको छ !!

0 65

मुक्तक
आँखा चिम्लिएर ताली पड्काउन जानेको छ !
उसले यसैलाई लोकतन्त्र ठानेको छ !!
कतै मुख थुनिन्छ, कतै गोली चल्छ,
अझै चाकडी गरेरै बाँच्नु, “महान उपलब्धी” मानेको छ !!
चुइने छानो, रुखो खेत उसको नजरमै परेन,
छान्न त समाजवाद र साम्यवाद नै छानेको छ !!
देख्न त देख्छ होला, खाडीबाट आएका लाशहरुको लर्को,
तर ऊ बद्लिएन, खै कस्तो स्वार्थले तानेको छ ?

  • मेनुका आरण
Leave A Reply

Your email address will not be published.