We Star Nepal
News From Nepal

सर्लाहीमास्यालको आक्रमणबाट १३ जना घाइते

0 75

कात्तिक १४, २०८१ बुधबार
सर्लाही – सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र बाँकीको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्यालको आक्रमणबाट बसवरिया गाउँपालिकाका नौ, गोडैता नगरपालिकाका तीन र बलरा नगरपालिकाका एक जना घाइते भएका छन् ।
गएराति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयवासीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.