२१ मंसिर २०८१, शुक्रबार
काठमाडौं । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले शुक्रबार आज प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
प्रचण्डकी छोरी गंगा दाहालकी छोरी स्मिताले गाएका ‘मायालु तिमी कता छौ’ लगायत गीत चर्चित छन् । सायुज्यले एमबीए अध्ययन गरेका छन् । उनी व्यवसायी रहेको बताइएको छ । स्मिताले अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् ।
समारोहमा प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायत उपस्थित थिए ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.