We Star Nepal
News From Nepal

शैक्षिक संस्थाको करिब एक अर्ब मूल्य पर्ने २९ रोपनी जग्गा हिनामिनामाथि अनुसन्धान माग गर्दै रिट

0 51

काठमाडौँ – टुङ्गरम इन्टरनेशनल एकेडेमी (टि.आई.ए विद्यालय)को २९ रोपनी जग्गा हिनामिनाको विषयमा अनुसन्धान माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ ।
ठुङ्गरम ग्याल्टुल (रिन्पोछे)ले स्थापना गरेको टिआइए विद्यालयको नाममा भक्तपुर दधिकोट वडा नं. २ को २९ रोपनी चार आना जग्गा विद्यालय सञ्चालनको सम्पुर्ण जिम्मेवारी पाएका कर्मा छेरिङ शेर्पाले अवैध रुपमा बिक्री वितरण गरेको विषयमा अनुसन्धान गराउन माग गर्दै रिट दर्ता भएको हो।
टिआइए स्कुलका तर्फबाट रामचन्द्र बहाला श्रेष्ठले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध रिट दायर गरेका हुन्।
टुङ्गरम इन्टरनेशनल एकेडेमीका संस्थापक ठुङ्गरम ग्याल्टुल (रिन्पोछे) शेर्पा हुन्। उनी बौद्धमागी, धार्मिक तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो अवतारी लामाका रुपमा परिचित छन्।
उनले आफूले पाएको दान भेटीबाट २०५२ सालदेखि टुङ्गरम इन्टरनेशनल एकेडेमी सञ्चालनमा ल्याएका हुन्। लामो समयदेखि उनी अमेरिकामा बस्दै आए पछि विद्यालय सञ्चालनको जिम्मा कर्मा छिरिङ शेर्पालाई दिँदै आएका थिए। विद्यालय बुढानिल्कण्ठस्थित हात्तीगौँडामा सञ्चालनमा छ। उक्त भक्तपुरमा सार्ने उद्देश्यका साथ जग्गा खरिद गरिएको हो।
कर्मा २०५७ मा विद्यालयको आर्थिक कार्यान्वयन संयोजक कर्मचारीका रुपमा काम सुरु गरेका थिए। र २०६३ पछि विद्यालय सञ्चालनको सम्पुर्ण जिम्मेवारी पाएका शेर्पा र उनकी श्रीमती लैला लामाले विद्यालयको नाममा रहेको जग्गा आपराधिक विश्वास घात गरी विक्री गरेको विद्यालय संस्थापन पक्षको दाबी छ। उनले २०७३ मा कम्पनीको १० शेयरधनी समेत पाएका थिए।
कम्पनी सञ्चालनको सम्पूर्ण जिम्मेवारी पाएका कर्माले २०७४ सालमा भक्तपुरमा विद्यालय सञ्चालनका लागि किनिएको जग्गा गलत कागजात तयार पारी बिक्री गरेको आरोप छ। त्यसविद्धरु अपराध अनुसन्धान कार्यालय टेकुमामा उजुरी दिए पनि सिआइबीले हस्तक्षेप गरेर छानबिन नै प्रभावित पारेको भन्दै ठुङ्गरम ग्याल्टुल (रिन्पोछे)को प्रतिनिधिका रुपमा श्रेष्ठले रिट दायर गरेका हुन्।
रिट निवेदनमा भनिएको छ, ‘काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा दर्ता भए गरिएको जाहेरी दरखास्त विपक्षी केन्द्रीय अनुसन्धान व्यूराले जबरजस्ती खिचि राखेको हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय टेकु, काठमाडौमा नै फिर्ता पठाई अनुसन्धान गर्नु पर्ने कर्तब्य भएका निकायले अनुसन्धान गरी सम्बन्धीत जिल्ला अदालतमा मुद्दा दायर गरी कानूनी कारबाही अगाडी बढाउनु भन्ने समेत ब्यहोराको परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश समेत जारी गरी पाउँ।’
दर्ता भएको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिएको छ।
२०७४ मा न्युनतम सरकारी मूल्यांकन चार करोड ६५ लाख ३२ हजारमा बिक्री गरिएको जग्गाको तत्कालीन बजार मुल्य ३३ करोड रहेको दाबी छ। हाल त्यो जग्गाको एक अर्ब १० करोड भन्दा बढी पर्ने रिट निवेदकको दाबी छ ।

#देश सञ्चार

 

Leave A Reply

Your email address will not be published.